"अब त खान पनि नसकिने भयो,हैन कस्तो महंगी बढेको,के भा'को होला ?" एक अपरिचित यसै भन्दै थिए यहीँ नजिकैको किराना पसल मा । सोधेँ पत्ता लाग्यो-उनी तेल किन्न आएका रहेछन्,अनि तेल को दाम सुनेर तीन छक्क परेकारहेछन् । "एक महिना अगाडिसम्म प्रति लिटर १३० रुपियाँको हाराहारीमा रहेको तोरीको तेलको मूल्य अचेल डेढ सयभन्दा माथि पुगिसकेछ । के गर्नु भाइ देशमा लोकतन्त्र नभै 'भोकतन्त्र' आ'कोर'छ !" उनले भने । म खिसिक्क हाँसेर भनेर -"के गर्ने दाइ ? नेताले,मन्त्रिले खान पा'कै छन् क्यारे ! अनि पेट्रोल,डिजेल जति महंगो भएपनि गाडि चढेकैछन् क्यारे" । उनले पनि सहमति जनाए -"त्यही त भन्या" अनि तुरुन्तै आक्रोश पोखे "सबलाई एउटै लाइनमा लगाएर गोली ठोक्नुपर्ने,यसै नभाको-उसै नभाको,हुन पनि कति सम्म महंगो भाको'त" । म केही बोल्न सकिंन मात्र टाउको हल्लाएँ ।
चुनाव आइसकेको छ तर खाद्यवस्तु देखि लिएर सब चिजमा दाम ह्वात्तै बढेको छ । उनमा पिडा झल्किएको थियो साथै आक्रोश पनि । "अब त सय-पचास ले त केही नै नहुने भयो"-उनी भन्दै गए, म केही बोलिन मात्र टाउको हल्लाइरहें ।
म त्यसै नानाथरी सोच्दै कोठातिर फर्कन थालेँ । बाटोमा (फ्याम्लि क्वार्टर-होस्टल नजिक) एक बुढी आ'मै एउटा सानो रुखबाट हरिया हाँगाहरु भाँच्दै थिइन् । मैले एकछिन उनैलाई हेरिरहेँ,वास्तव मा म उनले रुख को हाँगा भाँचेको हेरिरहेको थिँए अनि आफ्नै सुरमा थिएँ । मैले धेरैबेर हेरिरहेको भएर उनलाई अप्ठ्यारो लाग्यो क्या'र अनि भनिन्-"दाउराको लागि हो, नानी !", मलाई केही भन्ने आँट आएन त्यती सानो हरियो रूख को हाँगा भाँचेको भएपनि । मैले मात्र स्विकृति को टाउको हल्लाएँ,अनि अगाडि लागेँ । अगाडि आइएस्सी पढ्ने भाइलाई भेट्टाएँ,उसको अनुहार मलिन थियो । "के भयो" मैले सोधेँ,"बर्बाद भो दाइ, ६ महिनाको लागि घरबाट ल्याएको एक हजार रुपैँया हरायो" (अचम्मित नहुनुस्-उक्त भाइ छात्रवृति कोटा (खाना,ड्रेस,किताब,कापी सबै फ्रि) मा आइएस्सी पढिरहेकोछ,अनि घर पश्चिम-दूर्गम ठाँउमा छ ।) "ओह ! सारै नराम्रो पो भएछ त" भन्दै फेरी अगाडी बढ्दै गएँ । मन मा त्यसै के-के सोच्दै अगाडि लागेँ । ती ३ वटै फरक प्रसंग हुन् तर पनि मलाई किन-किन ती ३ वटै कुराहरु कहिँ-कतै मिलेको लागिरहेको छ । उदगम् विन्दु एउटै छ जस्तो लाग्छ तर म प्रस्ट हुन सकिरहेको छैन,किन त्यो पनि थाहा छैन । यत्ति थाहा छ की ३ वटै समस्या एकै हुन् ।
समस्या को हल के-हो ? मलाई त्यो पनि थाहा छैन,सायद मेरो होश पनि ठेगान मा छैन । खाली नचाहिने कुरा (?) मात्र सोच्न आउँछ,खै यसबाट कहिले मुक्ति पाइन्छ होला । म पनि इन्जिनियरिङ पढिरहेको छु,छात्रवृतिमा नै तर मेरो चाँही फी मात्र तिर्नु नपर्ने हो । लगभग फि जति नै छ,महिना को खर्च पनि , तर कहाँबाट पुर्याउने आफैँ छक्क पर्छु । घरमा कति भन्ने,भन्नै मन नलाग्ने भै'सकेको छ,जता पनि खर्च मात्र छ । खर्च धेरै छ तर आम्दानी चाहीँ "जिरो" छ । महंगी बढेको-बढेकै छ, घट्ने नामै लिँदैन । यो कस्तो जीवन होला ? मेरो हालत यस्तो छ भने अरुको हालत कस्तो होला सोच्ने गर्छु । सुकुम्बासी,विस्थापित,शरणार्थी के गर्दा होलान् ? अनि कसरी व्यबहार धानेका होलान् ? यस्तै-यस्तै सोच्दा मन को कुनै कुनामा ठूलै घाउ भैसकेको अनुभव हुन्छ । सबै कुरा महंगो हुँदा यसको सोझो असर नेपालका आम उपभोक्ताहरुको खल्तीमा परिरहेको छ ।
मन बहलाउने एउटै उपाय छ,विभिन्न दल का घोषणापत्रहरु पढ्नु,अनि मन को लड्डु घिउ सँग खानु । अरु गर्न के नै सकिन्छ र ? हामी सहनशिल छौँ,सहन सक्छौँ - कुरा यत्ति हो,यस्ता चाहिने कुरा मा हामी आन्दोलन गर्न सक्दैनौँ किनकी हामी यहाँ आन्दोलन गर्छौँ नेताका कुर्सीका लागि,हामी आन्दोनल गर्छौँ हिंसा बढाउन को लागि,बरु हामी विदेशिन्छौँ "डलर" को लागि,हामी यहाँ टायर बाल्छौँ कुनै विदेशीले भनेका कुरा को लागि,हामी यहाँ क्रान्ति गर्छौँ मात्र सत्ता को लागि,हामी यहाँ जनयुध्द गर्छौँ त्यही जाबो "राष्ट्रपति" को पदका लागि । यसबाहेक हामी केही गर्नेवाला छैनौँ,यहाँ कसैले-कसैका लागि सोचिदिने अनि गरिदिने पनि छैन ।
हो हामी यस्तै छौँ,उहिले बलभद्र ले त पानी नखाइखन लडाँइ गरेका थिए रे ! हामी त उनीहरु कै सन्तान,खान पाएनौँ भनेर किन भन्छौँ र ?? बरु महंगी सहन नसकेर फाँसी लाग्छौँ तर हामी प्रतिवाद गर्दैनौँ,किनकी हामीलाई अनि हाम्रा लाउके नेताहरुलाई सोच्ने फूर्सद छैन देश अनि जनता का लागि,हामी त त्यही टायर बाल्न व्यस्त छौँ किनकी हामीले त्यही एउटा काम जानेकाछौँ । हो नि,मैले किन सोच्ने अरुका लागि,किन सोच्ने देशका लागि ?? मैले के पाउँछु र ? सबै त अभाव मा बाँचिराछन् भने के म टिक्न सक्दिँन र ? के मैले देश बनाउने ठेक्का लेकोछु'र ? पर्खनुहोस न केहि दिन,चुनाव मा के हुन्छ हेरौँ-टायर पक्कै बाल्नैपर्ने हुन्छ,आ-कति गन्थन गर्नु,यहाँ आफूलाई टायर खोज्न हतार भैसक्यो - हाम्रा नेता हार्लान जस्तो छ के,यो चुनावमा !!!!