चुनाव त आइसक्यो,देशै चुनावमय भएको छ तर अब मलाई चुनाव प्रति रूची छैन,मलाई चुनाव को कुनै मतलब छैन भन्न मन लागेको छ । तर आफ्नो अधिकार को प्रयोग त सबैले गर्नैपर्छ अर्थात चुनाव मा भोट हाल्नै पर्छ । अन्यथा साँच्चै हो मलाई चुनाव चाहिएन,मलाई किन चाहियो र ? पहिले के भएको थियो अनि अब के नै हुन्छ र ? “जति जोगी आएपनि कानै चिरेका” जो आएपनि केही हुनेवाला छैन । जो आएपनि,जो गएपनि के मतलब ? रेडियो र टिभि ले चुनाव आयो,भोट हाल्नुपर्छ भनेर फुकेको फुकेकै छ अनि आचारसंहिता सबैलाई पालन गर्न पनि आग्रह गरिरहेको छ । तर अफसोच देशमा लोकतन्त्र न’भै मनपरितन्त्र छ,जसले जे गर्दा पनि हुन्छ अनि जे भने पनि हुन्छ,यहाँ कानुन नाम को केही चिज पनि छैन जस्तो छ । लगातार घटिरहेका घटना ले यीनै कुराहरुको संकेत गर्छ साथमा भविष्यमा यसले ठूलै दुर्घटना ल्याउने पक्का छ ।
हिजो भर्खर पनि चुनावी सिलसिलामा हिँडेका नेकपा एमालेका रामेछाप का उम्मेदवार देवशंकर पौडेल लगायत १ दर्जनलाई माओवादी कार्यकर्ता ले कुटपिट गरेका छन् । त्यस्तै हिजै राप्रपा को चितवन को चुनावी कार्यक्रमबाट केही राप्रपा कार्यकर्तालाई पनि अपहरण गरिएको छ । त्यस्तै सूर्यबहादुर थापा,पशुपति राणा लगायतलाई पनि अबरोध गरिएको छ । केही महिना अघिपनि कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडु माथि पनि सांघातिक हमला भएको थियो । साथै दिनैपिच्छे कोही पिटिएकै छन् अनि अपहरणमा परेकै छन् । यस्ता घटना त कति छन् कति छन्,गनेर र भनेर पनि संकिदैन – कहिले वासियल को नाउँमा त कहिले विद्यार्थी को नाउँमा,कहिले यसको नाउँमा त कहिले उसको नाउँमा । साथै “भित्ते राष्ट्रपति” भन्दा त चित्त दुखाउने प्रचण्डले किन अरुको बारेमा सोच्न नसकेकाहोलान् ? किन यहाँ अरु पनि छन् भन्ने कुरा पचाउन नसकेका होलान् ? कुरा प्रष्ट छ,चुनाव धाँधलिरहित हुने छैन । विडम्बना अब चाँहि,यदी धाँधलि भएन भने माओवादिले चुनाव जित्ने पनि छैन ।
“गर्ने भन्दा हेर्नेलाई लाज” भनेजस्तै भा’छ ! स्वघोषित राष्ट्रपति को पार्टि नै यहाँ नियम-कानुन तोड्न माहिर छ,अहिले नै यहाँ यस्तो दुर्दशा छ भने भोलि यिनिहरुबाट के आशा राख्ने ? अनि के राम्रो हुन्छ भन्ने ? आफ्नो बाहेक अरुको भलो नहेर्ने प्रवृति भएका उनीहरुबाट खै के आश गर्ने ? अनि नेपाली जनता को अधिकार र रक्षाको लागि क्रान्ति गरेको पार्टि भनेर कसरी पत्याउने ? भाषणमा यो गर्छु र त्यो गर्छु भन्दैमा र सबैकुरा को अगाडि “जन” भन्ने शब्द जोड्दैमा के जनप्रिय बन्न सकिन्छ र ? जसरी एउटा कुवाको भ्यगुतो ले त्यो कुवा भन्दा बाहेक अरु संसार छैन भन्छ त्यसरी नै माओवादी पनि बाहिर के कस्तो छ भन्ने सोच्दैनन् मात्र लिंडेढिपि गर्छन,चुनाव जितिन्छ अनि बुथ-बुथ मा युथ राखिन्छ भनेर फलाक्छन्,अनि गफमा सबैलाई समान व्यबहार गर्छन् तर काम भने त्यही त हो लुट्ने र कुट्ने । सरी है,माओवादी साथीभाइ नरिसाउनुस् ! तर एकफेर सुर्यबहादुर थापा,पशुपति राणा,देवशंकर पौडेल आदिका लागि पनि सोच्नुस । के उनीहरु चुनाव मा उठ्न पाउँदैनन् ? आफ्नो ठाउँमा जान पाउँदैनन् ? अरु कसैले बोल्न पाउँदैनन् ? यदी पाउँदैनन् भने माओवादीलाई हामी किन संविधान बनाउन भोट दिने ? उनीहरु ले हाम्रो भलो गर्छन् भन्ने के ग्यारेन्टि ?

why so rude to Maoist Aakar ji? Let them a chance to see what they can do...chance my foot..ha..ha..If only by speaking and doing GUNDAGARDI, something can be changed then i pray to god that Maoist should win the election. to change someone something has to be changed and that something means system, unfortunately Maoist are running toward someone forgetting all abt something.
ReplyDeleteplz..plz..plz..aakar ji after reading this delete my this comment..who knows if some maoist is reading this and keeping my record voicing against them. I am not so dare like you..i don't wanna be beaten by their YCL. I wish u could understand me.
कुरा सोह्रै आना चित्त बुझ्ने छ, हालसम्म नसुध्रिएकाले मलाई त अब कुनै दिन सुध्रीएलान जस्तो पनि लाग्दैन।
ReplyDelete"कुरा प्रष्ट छ,चुनाव धाँधलिरहित हुने छैन । विडम्बना अब चाँहि,यदी धाँधलि भएन भने माओवादिले चुनाव जित्ने पनि छैन" यो कुरा पक्कै पनि हामीलाई भन्दा माओबादिलाई अझै प्रष्ट छ होला त्यसेले त हरेक दिन कुट-पीट र तोड-फोडमा उत्रीएकाछन यीनिहरु ।
तर भोट चाहि पक्कै हाल्नु होला कसैलाई जिताउनु छैन भने पनि कसैलाई हराउनै पनि भोट हाल्नु पर्छ। 'राम्रो मान्छे' छैनन भने पनि 'कम नराम्रो' लाई हाल्नु होला के गर्ने ????? बिडम्बना