- ईशान गजुरेल [email protected] टेबुलमा कम्प्युटर आरामले बसेको छ । र त्यसको बायाँपट्टी टक्-टक् आवाज निकाल्दै रातलाई चुनौती दिँदैछ मेरो घडी । मैले त्यसलाई घुरेको आधाघण्टा भयो उपलब्धि, केबल समयनाश । आज म त्यो घडिमा मेरो देश देख्दैछु, अनि त्यसका सुइहरुमा राजनिति जसलाई चलाईराखेका छन् ब्याट्रीले । ती ब्याट्रीमा म नेतालाई देख्छु । बेला-बेलामा ती ब्याट्रीलाई फेर्नुपर्छ, फेर्नेमान्छे अर्थात स्वयम मलाई म जनता देख्छु । घडिमा तिथी पनि छ, घडिमा १,२,….१२ अंक पनि छन्, हरेक अंकमा म देशमा घट्ने घटना देख्छु । र मैले त्यस घडिमा एकनासले निकम्मा भएर हेरेको देख्दा, ती नेताले, म जनतालाई राजनितिको सुई घुमाउँदै विभिन्न घटना घटाउँदै १२ बज्छ,बज्छ संविधानसभा आउँछ-आउँछ भनेर १२ बजे पुग्दा नपुग्दै आफ्नो रुप फेरेर फेरी तिनै घटना दोहोय्राउँदै छन् ॥ एक समय आउला जब ती राजनितिक सुई १२ अंकमा टक्क रोकिएला जुनबेला ब्याट्री फेल हुनेछन्, र नयाँ ब्याट्री फेर्नुपर्नेछ मैले ॥