-आकार
अंग्रेजी नयाँ वर्ष २००८ को आगमन भएको छ , तपाईहरु पनि “पार्टि” मा जाँदैहुनुहुन्छ होला, मोज गर्नुस्।
वास्तवमा हामी भोज ख्वाउन भन्दा पनि खान माहिर छौं। भन्ने नै हो भने , भोज हाम्रो नेपाली संस्कृति नै बनिसकेकोछ । जस्तो हेर्ने हो भने , हाम्रो समाज मा जन्म देखि मृत्यु सम्म नै भोज गर्नुपर्छ । जन्मेपछि गरिने न्वारन,पास्नि,ब्रतबन्ध,बिहे आदि ईत्यादिलाई भोज को पर्यायबाची शब्द भनिदिँदा पनि फरक पर्दैन । तर “ घाँटी हेरि हाड निल्नुपर्ने ” व्यक्तिले पनि अरु को देखासिकी गर्दा भने “ भोजको ऋणको बोझ ” उसको घाँटीमा पासो सरह जीवन पर्यन्त झुन्डिरहन्छ ।
अहिले त हामी भोजलाई पार्टि पनि भन्न थालेका छौँ । तपाईको परिवार मा कसैको जन्म भयो , सबैले तपाईलाई घेर्न थाल्छन् , के हो पिता जी भईसक्दा पनि पार्टि नगर्ने ? त्यस्तै, हेर्नुस है शर्मा जी , पास्नि चाँही न्वारन को भन्दा अलि दह्रो हुनुपर्छ है , ….. आदि ईत्यादि ।
कसैले SLC पास गर्छ , फेरी भोजकै कुरा , हैन यत्रो पास हुँदा पनि भोज नख्वाउने , १२ पनि पास गर्छ , सायद डिग्री पनि गरिसक्छ तर भोज ले उसलाई छोड्दैन । भोज खान खोज्ने जिब्राहरु यत्रतत्र भेटिन्छन । त्यस्तै बल्लतल्ल जागिर पाईयो , फेरी भोज नै खुट्टा अघि सार्छ । अरु त अरु , तलब को पेश्की लिएको दिन पनि साथीभाइले घेरिहाल्छन् , अनि मन नलागी-नलागी पनि चियापानी सम्म भनेपनि गराउनै पर्ने हुन्छ ।
सायद हाम्रा महाकवि देवकोटा पनि कतै भोजैले सकिएका त होईनन् (?) , उनको त , तलब लिएको दिन घर आउँदा पनि साथमा एकपैसा हुँदैनथ्यो रे !!
वाह ! क्या गजब छ भने , हामीमध्ये कति त भोजमा जाने भनेपछि २-३ दिन अघिदेखि नै “ डाइटिङ ” गर्छौँ , अथवा भनौँ “ व्रत्त ” नै बस्छौँ । त्यस्तै घर को एकजनालाई बोलाएको भएपनि कार्ड मा आफैँले “चु” लेखेर निम्तो मान्न पुग्छौँ , स-परिवार , घरको एकछाक खाना बचाउँदै ।
हाम्रो देशमा बैंक डुवाउने देखि लिएर , नेता , अभिनेता , सेनापति , मन्त्री , प्रधानमन्त्री , सबैजना नै भोज मनाउन खप्पिस छन् । अनि त्यही खबर , त्यही भोज को चर्चा चल्छ , सातैभरी रेडियो , टेलिभिजन र पत्रपत्रिका मा । त्यस्ता प्रतिष्ठित मानिने व्यक्ति का भोज मा जानुभयोभने , याद राख्नुहोस – त्यहाँ भ्रष्टचारी , व्यभिचारी देखि लिएर राष्ट्र का उपल्लो तप्का मा बस्ने व्यक्ति का साथै समाजमा बौध्दिक मानिएका व्यक्तिहरु समेत भेटिन्छन् ।
त्यसैले तपाईको कुनै फाईल अड्कीएको छ ,दुर्गम मा सरुवा हुने भएको छ वा बढुवा रोकिएकोछ भने , आँखा चिम्म गरेर भोज खुवाउनुहोस् , तपाईका हाकिम , नेता तथा सहकर्मीहरुलाई , तपाईको काम बन्ने पक्का छ ।
मलाई अझ पनि याद छ , एउटा बिहे भोज , जहाँ जन्तिहरुले भोज मा यो नभएको र त्यो नभएको भन्दै बब्बाल मच्चाएका थिए । जन्तिहरु बिहे हेर्न नभई , नयाँ ठाँउका ठिटि हेर्न तथा बिहे भोज खान गएका हुन्छन ।
विवाह गर्न लागेकी युवती को घर आएको केटाले सुन्दरता , माताले उत्तम धन , पिताले उत्तम विद्या , बन्धुबान्धव इष्टमित्रले केही उत्तम कुराहरु खोज्छन् भने जन्तिहरु केबल मिठो खाना खान पाइन्छ की पाइँदैन भन्ने ईच्छा गर्छन , उनीहरुलाई कुल आदि का सम्बन्ध मा कुनै मतलब हुँदैन ।
भोजमा भेटेको जति खानुपर्छ भन्ने मान्यता धेरै पहिलेदेखि नै चलिआएको थियो क्यार, त्यसैले हाम्रा परलोक गइसकेका व्यङ्ग्यकार “भैरव अर्याल” ले “जय भोलि !” मा लेखेकैछन् की “हामी अरु जे कुरा गर्न पनि भोलि भन्छौँ तर खान चाहिँ कहिले भोलि भन्दैनौँ , बरु धेरै खाएर विसन्चो हुने भयो भने पनि औषधी खाउँला भनेर भोजमा भेटेजति सबै हसुर्छौँ ।”
हाम्रो यो भोजको संस्कृति प्रति गर्व गरौँ ।
#$%^ hapPy nEw year- 2o08 ^%$#

कान्तिपुर एफ एम बाट प्रसारित
बोनस: बादल बनाईदेउ आकार बदल्न सकुँ गित डाउनलोड गर्नोस
ha ha its to fuuny. पर सब सच।
ReplyDeleteअब सबै खानको लागि त जन्मेका छन नि यो देशमा
ReplyDeleteघुस खाने नेता, मन्त्रि,
भोज खाने जन्ति
अब सबै खानको लागि त जन्मेका छन नि यो देशमा
ReplyDeleteघुस खाने नेता, मन्त्रि,
भोज खाने जन्ति