घट्ट जाँदा बिसाउने ,अनी ठट्टा गर्दा रिसाउने , मान्छे को काम छैन ।
त्यस्तै बोल्दा-बोल्दै काटिने , अनी भनेको समय मा नलाग्ने मोबाईल को पनि काम छैन । नेपाल मा मोबाईलधारी को सङ्ख्या यती धेरै भईसकेको छ कि , मोबाईल टावर मुनी/तल हुँदा पनि network को समस्या हुन्छ । तपाईं समझदार ब्यक्ती हुनुहुन्छ , खास मा कुनै काम बिशेष नपरी तपाईं मोबाईल चलाऊनु नै हुन्न । बेकार मा मिस कल हानी फोन को दुरुपयोग गर्ने मान्छे तपाईंलाई मन पर्दैन । तर पनि भनेको समय मा फोन नलाग्दा तपाईं साह्रै मुर्मुरिनुहुन्छ , अनी सबैले सुन्नेगरी कराउनु हुन्छ , अब त जनावर को हात मा पनि मोबाईल भ्ई सक्यो अनी के लागोस त फोन ! तर त्यतिखेर तपाईं आफु पनि हात मा मोबाईल चलाई राख्नुभएको हुन्छ । शायद तपाईं त्यो भन्दा पनि बढी भन्न सक्नु हुन्छ , अथवा भनौं आफ्नै घरपरिवार को नाम लिएर , भन्दै भन्न नमिल्ने शब्दहरु प्रयोग गरी सरापी रहनुभएको हुन सक्छ । तर मुर्ख बुद्धी भएका प्राय: सबै तपाईं जस्ता समझदार ब्यक्तिहरु , आफु ले आकाशतिर फर्केर थुकेको पनि चाल पाउँदैनन् । नसराप्नु पनि किन , अब बोल्दा-बोल्दै फोन लाइन कट्छ , बोलेको पनि प्रस्ट बुझिदैन , पैसा भने उडी सकेको हुन्छ । अझ कहिले काँही त मोबाईल ट्राइ गर्दा-गर्दा ,हात को छाला खुइलिन सक्छ , तर पनि मोबाईल लाग्दैन । जवाफ आउँछ ," कृपया एकछिन पछी फेरी प्रयास गर्नुहोला , रुट को ब्यस्तताले संपर्क हुन सकेन।" तपाईंलाई अचम्म लाग्छ , अनी गम्भिर भएर सोच्नुहुन्छ , यो एकछिन भनेको कती समय रहेछ ।
यि त भए मोबाईल नलाग्दआ का केही कुराहरु , अब मोबाईल लाग्यो भने के हुन्छ त ??? मोबाईल गर्ने ब्यक्ती चिच्याउँछ - एकै चोटि मा लाग्यो यार । तर उता बाट hello, hello, hello केही सुनिएन भन्ने आवाज मात्र आउँछ । त्यस्तै सोच्नुस् त , केही गरी मोबाईल लागि हाल्यो भने एक ब्यक्ती ले अर्को ब्यक्ती लाई कसरी बेचिदिन्छ अथवा भनौं कसरी उल्लु बनाइदिन सक्छ । यदी try गर्दा गर्दै मोबाईल लाग्यो भने उताबाट सम्भाबित जवाफ आउन सक्छ - अहिले म ट्याक्सी मा छु ,अली बुझिएन , पछी फोन गर्नु न है ।उ ट्याक्सी मा छु भन्छ , जब उ एउटा सानो टेम्पो मा बाहिर पट्टी झुन्डिएर यात्रा गरिरहेको हुन सक्छ । शायद उ माईक्रोबस मा पछाडि उभिएर यात्रा गरिरहेको हुनसक्छ अथवा उ " खलासी भाई" को "पछाडि सर्नुस्" त भन्ने चिरपरिचित dialogue खाँदै बस मा चेप्तिएर,कोचिएर,खाँदिएर यात्रा गरिरहेको हुन सक्छ । तर पनि उ सान ले जवाफ फर्काउँछ , अहिले म ट्याक्सी/कार मा छु ।अचम्म को कुरा त के छ भने , तपाईं कुनै कार्यक्रम मा बिना भत्ता जानुपर्नेछ । तर तपाईं नेपाली टाईम भन्दै कार्यक्रम सुरु हुने तोकिएको समय भन्दा पनि पछी घर बाट हिंड्नुहुन्छ ।अनी ढिलो भयो त भन्दै आयोजक ले फोन गरे तपाईं जवाफ दिनसक्नु हुन्छ - ए ! कार्यक्रम कालिमाटी मा पो , म त कमलपोखरी भनेर , कमलपोखरी मा पो छु त , तर त्यतिखेर तपाईं भर्खर कोटेश्वर पुग्नुभएको हुन सक्छ । धन्य छ , नेपाली मोबाईल - भनेको समय काम नगरेपनी, मोबाईल ले नेपालीलाई भने धेरै बोल्न सक्ने ज्ञान दिएको छ ।जस्तै तपाईं कोटेश्वर मा भए ककनी , नगरकोट हुँदा नारायणघढ भन्न सक्नु हुन्छ । अथवा भक्तपुर भए भद्रपुर , लगनखेल भए धुलिखेल भन्दिन सक्नु हुन्छ भन्दै मा के नै जान्छ र ?तर कहिलेकाँही , कसैले आफ्नै ढाड पछाडि बाट फोन गर्दा पनि , आफु अर्कै ठाउँ मा छु भनिदिंदा भने , तपाईंलाई निकै समस्या पर्नसक्छ । त्यस्तै मोबाईल मा गफ गरिरहेको अरुलाई देखाउन खोज्दा , बिचै मा मोबाईल को ring बज्न सक्छ । त्यसैले होसियार हुनुस् है !!!
राजधानी को चक्रपथ भित्र थ्रीजी mobile भित्री सकेपनी मोबाईल सेवा को गुणस्तर चाँही बढ्न सकेको छैन । तपाईंलाई लाग्न सक्छ सेवा को गुणस्तर बढ्न नसक्नु मा प्रमुख कारण company को "नाम " ले गर्दा नै होला । नामै त "टेलिकम" , त्यसैले बाध्यता ले पनि काम कम गर्नु पर्याछ telecom कम्पनीहरुले , होइन त ???
कान्तिपुर एफ.एम बाट प्रसारित

This article has also published on damadol.com
i agree with your post man.
ReplyDeleteThis thing is reality of Nepal Telecom. Nepal Telecom sucks bigtime and their interconnection to other service provider even sucks more. I mean calling from NT to Mero Network, it's a nightmare. That's how i felt when i was in Nepal. Now,i've no worry.
ReplyDeleteIt's so sad they're not improving. I think Spice Nepal is very good in the context of Nepal. I wish Nepal Telecom hadn't existed when it comes to distribute cellular phone service. Imagine if all the cell phone users are using only Mero Mobile phone. Then, they really wouldn't have to go through switch networks of NT. i wish, NT go silent and stop providing their service.
Nice !!!
ReplyDeleteIt's a problem.
i agree with your post man.
ReplyDeleteNice !!!
ReplyDeleteIt's a problem.