- सुनिल
माम अब भुजा भयो
लोक पनि र्याप अरे
माथि लायो पाखे भन्छन्
पाइन्ट पनि तल झरे।
तल्लाघरे रामे पनि
शहर मा त राय्म्स भयो
आमा भन्ने चलन पनि
मम्मी बाट मम्स भयो।
खुट्टा छोटो भए पनि
ठुलो जुत्ता लाउनै पर्यो
जमाना नै एस्तो हजुर
यस्तै गरी चल्नै पर्यो।
दौरा सुर्वाल छोडि अब
हिपहप लुगा लगाउछन
लोक बाजा कहाँ हुन्छ
गीतार ड्रम्सेट बजाउछन्।
भित्र जस्तो भए पनि
बाहिरी लुगा सजाउंछन्
केटा केटी चिन्नै गाह्रो
उस्तै-उस्तै लुगा लगाउछन्।
poem chai damizz chha
ReplyDeleteke garne nepalile aphno pahichan bhalne bhaye aba
so sad
poem chai damizz chha
ReplyDeleteke garne nepalile aphno pahichan bhalne bhaye aba
so sad