Skip to main content

Ncell ले चिनायो सगरमाथा विश्वलाई, नेपाल मा केही न केही #Mount #Everest

गत बिहिबार नेपाली प्राइभेट टेलिकम कम्पनी ‘एनसेल’ ले सगरमाथा मा थ्रिजी सेवा सुरु गर्यो । अब पर्वतारोहीहरु ले सगरमाथा वेसक्याम्प तथा सगरमाथा को सर्वोच्च चुचुरोबाट नै, टेलिफोन गर्न मात्र होइन, भिडियो कल तथा  हाइस्पिड इन्टरनेट पनि चलाउन सक्नेछन् ।

Ncell ले सगरमाथा मा थ्रिजी सेवा सुरु गर्यो भन्ने बित्तिकै सारा संसार को ध्यान सगरमाथामा खिचिएको थियो । सोसल मिडिया तथा टेक्नोलोजीका टप साइटहरु मासावेल, इएनग्याजेट, गिजमोडो आदि साइटहरुले ब्रेकिङ न्युज नै दिएका थिए । त्यसबाहेक, बिबिसी टेक, गार्जियन लगायत लगभग सम्पुर्ण मिडियाहरु ले प्रमुखताका साथ समाचार प्रकाशन प्रशारण गरेका थिए । उनीहरुका लागि, यो अचम्मित तुल्याउने किसिम को समाचार थियो तर हामी नेपाली र हाम्रो नेपाल मा भने, यी कुरा ले खासै प्रभाव पारेको देखिएन ।

सगरमाथा मा थ्रिजी सेवाले यति धेरै चर्चा पायो कि, माइक्रोब्लगिङ साइट टुविटर मा ‘Trending Topic’ नै Mount Everest बनेको थियो । टुविटर मा विश्वभरि का मान्छेहरु अचम्मित र रोमाञ्चित हुँदै आफ्ना कुरा टुविटर मार्फत विश्वलाई सुनाइरहेका थिए । यो खबर ले उनीहरु निकै उत्साहित बनेका थिए, मलाई लाग्छ यस खबर ले उनीहरुलाई नेपाल जाउँ जाउँ बनाइदिएको छ । आउँदै गरेको पर्यटन वर्ष २०११ लाई पनि यसै खबर का कारण झनै प्रमोशन मिल्ने कुरा मा दुइमत छैन ! सारा संसार यही सगरमाथा को कुरा गरिरहँदा, नेपाल सरकार पोर्न को नाम मा विभिन्न वेवसाइटर र ब्लगहरु ब्लक गर्दै थियो । अनि नेपाली मिडियाहरुले एउटा सानो कुना मा थ्रिजी सेवा सुरु भएको कुरा अटाइदिएका थिए । विदेशी मिडियाले र विदेशीहरुले जति उत्साहपुर्वक हेरेका थिए, तर त्यस तवर ले नेपाली र नेपाल का मिडियाले चासो नलिएको देखियो । तर यही खबर का कारण विश्व ले हामीलाई सकरात्मक रुप मा, सक्षम राष्ट को रुप मा हेरेका थिए । ब्लग को हकमा भने, नेपाल बाट टेकनट तथा आकारटेक ले सगरमाथा मा थ्रिजी सेवा सुरु भएको कुरा लेखेका थिए । ( हेर्नुहोस् 3G Mobile Internet Comes to Mount Everest  | Mount Everest is Trending Topic On Twitter – tech.aakarpost |  3G service comes to Mt.Everest with Ncell – Technott)

सगरमाथा मा थ्रिजी सेवा आएपछि त्यसबाट पर्ने सकरात्मक प्रभावहरु को चर्चा प्राय: कुनै पनि मिडियामा  नगरिएको देखियो । थ्रिजी सेवा सुरु भएको खबर त पत्रिका मा आएका थिए तर त्यो पर्याप्त थिएन, कारण सगरमाथा हाम्रो गौरव सँग गाँसिएको थियो । यो खबर र यसपछि का कुराहरुलाई नेपाली मिडियाहरु ले प्राथमिकता दिनु जरुरी थियो तर दिइएन ।  सायद हामीमा केही समस्या छ, अरु ले नदेखाइदिएसम्म नदेख्ने ! नेपाल बाट चलचित्र ओस्कार मा पुग्न ‘इरिक भ्याली’ नै आउनुपर्यो, ‘क्याराभान’ लिएर, अनि सगरमाथालाई अझै धेरै चिनाउन स्विडेन बाट टेलिसोनेरा कम्पनी नै आउनुपर्यो, ‘एनसेल’ को रुपमा ! गौतम बुद्ध र सगरमाथा को टिका टिप्पणी गर्दा ‘सेन्टि’ भएर राष्ट्रवाद छाँट्नेहरुले, यस्ता राम्रा कुरालाई चाँहि बाल नदिँदा, साह्रै नै अचम्म लागेको छ, हामी नेपालीको बुद्धि देखेर !

युरोपियन देशहरु तथा अमेरिकी लगायत विश्व का विभिन्न कुना मा छरिएका मान्छे टुविटर मा भन्दै थिए । ‘सगरमाथा भएका देशका मान्छेहरु विश्वको सर्वोच्च शिखर सगरमाथा मा पनि थ्रिजी चलाउँछन् तर आफ्नो यही ट्रेन स्टेशन मा थ्रिजी छैन’ । कोही भन्दैथिए, ‘हाम्रो आइफोन मा त थ्रिजी चलाउन एकदम गाह्रो छ तर नेपाल का मान्छेहरु त सगरमाथा मा पनि अब थ्रिजी चलाउन पाउँछन् ‘ । हाम्रो अवस्था उनीहरुले सोचेजस्तो पक्कै छैन तर पनि उनीहरु को हामी प्रति यति सकरात्मक धारणा हुनु ले, पक्कै हाम्रो बारेमा केही  सकरात्मक सन्देश त जान्छ नै ! (हामी त भन्छौँ, “यही मोवाइल चलाउन त टावर चढ्नुपर्छ, झन् थ्रीजी चलाउन त सगरमाथा नै चढ्नुपर्ने रहेछ” ! – यसकुरा ले हाम्रो मोबाइल को गुणस्तर र हाम्रो अवस्थामा बोलिदिएको छ ! )  सगरमाथा चिनिनु भनेको, नेपाल र नेपाली पनि चिनिनु हो । आउँदै गरेको पर्यटन वर्ष २०११ लाई यही थ्रिजी सेवाको  सकरात्मक सन्देश ले पनि धेरै टेवा पुर्याउने देखिन्छ ।

टुविटर मा ‘सगरमाथा’ ट्रेन्डिङ टपिक बनेसँगै, आइटि पार्क बाट जितेन्द्र हलकारा ले लेख्नुभएको थियो, “सायद टुविटर मा नेपाल बारेको यही कुरा नै पहिलो पटक ट्रेन्डिङ टपिक बनेको छ” ( “Really glad that Mount Everest is trending. Must be first globally happening thing on twitter from #Nepal”) । वुटवल बाट मोहम्मद तजिम ले “Mount Everest is Trending!” भन्दै खुशी मनाउनुभएको थियो । त्यस्तै केही साथिहरु ले त ‘आफू सगरमाथा  को टुप्पो बाट नै टुविट गरिरहेको  र फेसबुक का स्टाटस अपडेट गरिरहेको’ भनेर हाँसो ठट्टा पनि गर्दैथिए, टुविटरमा ! केही विदेशीहरु चाँहि भन्दै थिए, “नेपाल को सगरमाथा मा त थ्रिजी सर्भिस छ भने, यहाँ को सरकार ले “फलाना” माउन्टेन मा किन सर्भिस दिइरहेको छैन” । कोही चाँहि आफू पर्वतारोही रहेको र अब को पटक नेपाल जाँदा सगरमाथा चुमेर, त्यहीँबाट भिडियो कल गर्ने आदि कुराहरु सगर्व गरिरहेका थिए ।  कोही चाँही सगरमाथा  मा थ्रिजी भन्ने कुरा पत्याएरहेका थिएनन् त्यैसले तिनीहरु चाँहि लेख्थे, ‘आर यु सिरियस’?

Gizmodo ले लेखेको थियो, Aw Man, Even Mount Everest Has Better 3G Reception Than We Do । त्यस्तै अर्को साइट इएनग्याजेट ले लेखेको थियो Mount Everest now 'wired' for Internet, ready for Starbucks (Why would Ncell want to build a base station in such a sparsely populated area? Because it is there). अनि मासावेल ले लेखेको थियो 3G Mobile Internet Comes to Mount Everest

मलाई लाग्छ, हाम्रो मा नेटवर्क त लाग्दैन, सगरमाथा मा थ्रिजी भएर के भयो र ? भनेर गुनासो गर्नुभन्दा पनि, सगरमाथा मा थ्रिजी सेवा सुरुहुनुलाई सकरात्मक रुपमा लिनुपर्छ ।

tweet

tweet1

tweet2

Image: engadget.com

Declaimer : I’m not associated with Ncell.

Comments

  1. NCELL ROCKS NTC SUCKS

    ReplyDelete
  2. एनसेल जती गर्यो त्यती नै तपाइले पनि गर्नु भयो । दिनमा एक पटक ट्विटिनै मन लाग्ने गरि पोस्ट गर्नु भएको छ । धन्यवाद
    विष्णु प्याकुरेल

    ReplyDelete
  3. एनसेल जती गर्यो त्यती नै तपाइले पनि गर्नु भयो । दिनमा एक पटक ट्विटिनै मन लाग्ने गरि पोस्ट गर्नु भएको छ । धन्यवाद
    विष्णु प्याकुरेल

    ReplyDelete
  4. NCELL ROCKS NTC SUCKS

    ReplyDelete
  5. IT IS REAL GREAT NEWS FOR ALL PERSONNEL WHO ARE READY TO HEAR OR READY TO GO IN NEPAL FOR VISIT..CONGRATULATION FOR THIS OUTSTANDING JOB PLEASE KEEP IT UP

    ReplyDelete
  6. it is great job and congratulation

    ReplyDelete
  7. it is great job and congratulation

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

Subscribe to Aakar Post